Duration 3:27

सानो छ खेत, किसानको रहर । Sano Chha Kheta । Kisanko Rahar in loving memory of Daibagya Raj Neupane

17 406 watched
0
264
Published 2 May 2020

सधैं खेतबारीमा रमाउने कर्मशिल हातहरु प्रति समर्पित कविता किसानको रहर । हामीलाइ सधै‌ आफ्नो धरातल सम्झाउने यो कोशेली दैवज्ञराज न्यौपानेले लेखेका हुन् । केशु शर्माको स्वर शिरिषविक्रम थापाको स‌ंगीतमा Bardali Creations को प्रस्तुती तपाइहरुको माझ । स्वतस्फुर्तरुपमा तयार पारिएको यो भिडियोमा अनलाइनबाट धेरै साथीहरुको तस्बिरहरु सापटी लिइएको छ ।केहि तस्बिरहरु मैले आफै स्याङ्जा, मनाङ, कास्की, बझाङको सेरोफेरोमा खिचेको हुँ । मन छुने नेपाली कविता अनलाइनमा रहिरहोस् भन्ने मेरो चाहना हो । तस्बिरको कपिराइट सबै खिच्ने सर्जकहरुमा छ जिवन्त तस्बिरहरु खिच्ने साथीहरुलाइ धेरै धेरै धन्यवाद । १:१० रोपाइ गरिरहेको पोखराको तस्बिर पत्रकार भिम घिमिरेको हो । धान गोडिरहेको तस्बिर तिर्थराज पण्डितको फेसबुकबाट साभार गरेको ।हाँसिरहेकी एक्ली महिलाको तस्बिर अनलाइन खबरबाट साभार गरिएको हो ।भारी बोकेर उकालो हिडिरहेका महिलालगायतका केहि तस्बिरहरु साथी सीमा गुरुङ र आस्था सिवाकोटीले अछाम बाजुरा लगायतका जिल्ला भ्रमणमा खिचेका हुन् । १:२७ मा रोपाइ गरिरहेको तस्बिर नुवाकोटको हो । फेसबुकबाट साभार गरिएको ।बाढीको तस्बिर लाइट नेपालबाट साभार गरिएको हो । धान र शितका तस्बिर फ्रि पिकबाट लिइएको हो । Poem : Daibagya Raj Neupane Singer : Keshu Sharma Music : Shirish Bikram Thapa Cover Design : Ganesh Acharya Special Thanks Rebati Raman Ghimire Malati Ghimire Sudha Parajuli Kriti Baral Kripa Baral Subhika Ghimire and all Ghimire family. @ Bardali Creations 2020 कविता सानो छ खेत सानो छ बारी सानै छ जहान नगरी काम पुग्दैन खान साझ र बिहान बिहानपख झुल्किनछ घाम देउराली पाखामा आसरे गीत घन्किनछ अनि सुरिलो भाकामा काँधको शोभा हलो र जुवा हातमा कोदाली जीवन धान्नु गर्नु नै पर्ने उकाली ओराली छुपु र छुपु हिलोमा धान रोपेर छोडौंला बनाई कुलो लगाई पानी आएर गोडौंला भनेर सानी पटुकी रातो बाँधेर झरेकी धमिलो खोला बाढीले होला कसरी तरेकी ? गालामा साना पसिना दाना मोती झैं खुलेकी घाम र पानी भोक र तिर्खा कसरी भुलेकी सुसेली हाली बयेली खेल्छ बतास रातमा जूनले पोख्छ शीतका थोपा धानका पातमा सूनौला बाला झुलेर होला भूईंलाई छोएको फलेको हाँगो कहिले छ र ननुही रहेको ? हिमाल हाँस्छ मिलाई सेता दाँतका लहर किसान बनी जहान पाल्ने यो मेरो रहर । #SanoChhaKheta #DaibagyaRajNeupane #NepaliFarmer

Category

Show more

Comments - 22