भुवो पर्व सुदूरपश्चिमका पहाडी जिल्लाहरू अछाम, बाजुरा, बैतडी, डोटी, डडेल्धुरा र बझाङमा मनाइछ । बाँजागाजासहित नाचिने भुवो पर्व करिब १५ दिनसम्म खेल्ने गरिन्छ । यो सुदूरपश्चिममा मनाइने गौरा पर्वपछिको दोस्रो ठूलो पर्व हो । महाभारतका योद्धा कौरव र पाण्डव बीचको युद्धको दौरानमा चालिने चालको सम्झनामा यो पर्व मनाउने गरिन्छ ।
तत्कालीन समयमा कौरवसँगको युद्ध तयारीका लागि पाण्डवहरूले विभिन्न ठाउँमा भुवो पर्वको आयोजना गरी युद्ध अभ्यास गराएको समेत किंवदन्ती छ । सोही युद्धको सम्झनामा यो नाच नाच्दै आएको र अहिले परम्पराजस्तै बनेको छ । राक्षसलाई आगोमा भस्म गरिएको हुनाले भस्सो नाम रहन गएको भनाइ छ ।
भस्सोलाई गाउँगाउँ बीचको आपसी सद्भाव आदानप्रदान गर्ने मेलाको रूपमा पनि लिने गरिन्छ । भस्सो खेल्दै एक गाउँबाट अर्को छिमेकी गाउँसम्म पुगिन्छ । त्यहाँ पुगेर भाका हालेर गाउँदै सबैको शुभकामनासहित टीकाटालो गरिन्छ जसलाई स्थानीय भाषामा पिठायो भन्ने गरिन्छ ।
पुस महिनामा मात्र मनाइने भुवो दुई किसिमले मनाइन्छ । अर्कातिर भुवो पुसको अन्त्यमा अर्थात् औँशी सुरु भएमा पूर्णिमा अगावै समापन गराइन्छ ।भुवो सकिने दिन भन्दा अघिल्लो रात बौजु पोल्ने गरिन्छ र त्यो रात रजवार (भुवो नाच सिकाउने मुख्य मान्छे) लाई डोलिमा राखेर बौजु पोल्ने ठाउमा लगिन्छ रजावार नै मुख्य गुरु भएकोले होला त्यो रात रजवार लाई धेरै खतरा हुने भएकोले निकै सुरक्षाका साथ राख्ने गरिन्छ अर्को दिन भुवो नाच सहित ( हरिणको जस्तै सिगारपटार गरेर ) हरिण नचाएर भुवो समापन गरिन्छ ।